काठमाडौं । पत्रकार विष्णु तारुके यस वर्षको नाट्यश्वर म्युजिक राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित एक भब्य समारोहकाबीच मंगलबार तेस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९ सञ्चारकर्मी सम्मानबाट उनी सम्मानित भएका हुन् ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलसहित वरिष्ठ कलाकार बसुन्धरा भुसालले पत्रकार तारुकेलाई अवार्डबाट सम्मानित गरेकी हुन् । अवार्ड प्रदान गर्दै सांसद पौडेल र वरिष्ठ कलाकार भुसालले पत्रकार तारुकेले समाजको परिवर्तनका निम्ति पत्रकारिता कर्मबाट नेपाली जगतमा पु¥याएको योगदान अतुलनिय रहेको चर्चा गर्दै उच्च प्रशंसा व्यक्त गरे । साथै नेता पौडेलले सरकारले विगतमा कलाकार र कला क्षेत्रको हित प्रवद्र्धनमा ध्यान नदिएको उल्लेख गर्दै आगामी दिनमा राज्यस्तरबाट यस क्षेत्रको गरिमालाई उँचो बनाउन आफ्नो भूमिका सधैं रहने प्रतिवद्धता जनाए ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव समेत रहेका तारुके राष्ट्रिय स्तरमै आर्थिक विधाको मुलधारका रुपमा स्थापित अनलाइन अर्थपथ डटकमसहित त्रिशुली प्रवाह साप्ताहिकका समेत सम्पादक हुन् । उनी विगत २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनले मोफसलदेखि केन्द्रीय स्तरमा समेत क्रियाशील रही रंग पत्रकारितामाफ्त पनि योगदान दिएका छन् ।
नाट्यश्वर कलाकेन्द्र तथा इभेन्ट म्यानेजमेन्टको आयोजनामा नाट्यश्वर ‘हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अवार्ड कार्यक्रम गरेको हो । २०७२ सालमा स्थापित यस संस्थाले विगत ६ वर्षदेखि कलाकारिता, साहित्य, पत्रकारिता लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएका राष्ट्रिय स्तरका र मोफसलका विशिष्ट व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको छ ।
विगत वर्षहरुमाझै यसवर्ष पनि नाट्यश्वर कलाकेन्द्र तथा इभेन्ट म्यानेजमेन्टले चलचित्र, गायन तथा संगित, पत्रकारिता सहित विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका विभिन्न व्यक्तिहरुलाई अभिनन्दन, पुरस्कृत र सम्मान गरेको संस्थाका कार्यक्रम निर्देशक किरण अधिकारीले जानकारी दिए ।
स्थापनादेखि हालसम्म छैठाँै अवार्ड भइसक्नुपर्नेमा विगतमा तीन अवार्ड भूकम्प र कोभिड महामारीका कारण रोकिनुपरेको बाध्यता व्यक्त गर्दै निर्देशक अधिकारीले आगामी वर्षहरुमा यसले निरन्तरता पाउँदै जाने बताए । कला क्षेत्रको विकासमार्फत् राष्ट्रलाई योगदान दिनेहरुको सम्मान र प्रोत्साहनका निम्ति यसै उद्देश्यले संस्था स्थापना भएको उल्लेख गर्दै संस्थाका अध्यक्ष प्रह्लाद केसीले कलाकार र कला क्षेत्रको प्रवद्र्धन हितमा राज्यले उचित सम्बोधन नगरिरहेको वर्तमान समयप्रति चिन्ता व्यक्त गरे । यस संस्थाले भविष्यमा कला क्षेत्रको मर्मलाई आत्मसाथ गर्दै गर्विलो क्षेत्रको रुपमा कला क्षेत्रको अपनत्व विकास गर्न संस्थागत नेतृत् वगर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा चलचित्र, गित तथा संगित क्षेत्रमा क्रियाशील देशका विशिष्ट कलाकार, पत्रकार लगायत समाजसेवीहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया