पत्रकार साउँदलाई बन्धक बनाएकोप्रति महासंघको विरोध

लोकपथ
623
Shares

काठमाडौं । कैलालीका पत्रकार टिकाराम साउँदलाई नियन्त्रणमा लिएर बन्धक बनाइएको घटनाप्रति पत्रकार महासंघ कैलालीले विरोध जनाएको छ । सोमबार समाचार संकलनका क्रममा बर्दगोरियामा रहेको आरएनसी ट्रेनिङ प्रालिका केशव बोहरा र प्रमख भीम ऐर दुई घण्टा बन्धक बनाएका थिए ।

समाचार संकलनमा गएका साउँदले खिचेको भिडियो हटाउन भन्दै उनीहरुले साउँदमाथि गरेको दुर्व्यवहारको घटनाप्रति पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप भएको जनाएको हो । महासंघका सचिव प्रेम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना कमिकमजोरी लुकाउन पत्रकारमाथि गरिएको दुर्व्यवहारको घटनाको निन्दा र भर्त्सना गर्दै सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बद्ध निकायसँग माग गर्दछौँ, भनिएको छ ।

सोमबार समाचार संकलन गरी फर्किरहेका बेला साउँदमाथि आरएनसी ट्रेनिङसँग सम्बन्धित व्यक्तिहरूले नियन्त्रणमा लिएका थिए । उनीहरुले प्रसारण गरेको भिडियो समेत हटाउन दबाब दिएको र केहीबेर पत्रकार साउँदको मोबाइल पनि कब्जामा लिएको बताइएको छ ।

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेर उनलाई छुटाएको थियो । पत्रकार साउँदलाई नियन्त्रणमा लिने बोहरा र ऐरलाई ईलाका प्रहरी कार्यालय सुखडले नियणन्त्रणमा लिएर छानबिन गरिरहेको छ । उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक छानबिन भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?