पार्किङ हटाएको विरोधमा दरबारमार्गमा शान्तिपूर्ण प्रदर्शन

लोकपथ
357
Shares

काठमाडौं । दरबारमार्गका व्यवसायीहरुले पार्किङ हटाएको विरोधमा प्रदर्शन गरेका छन् ।

सोमबार दरबारमार्ग क्षेत्रमा व्यवसायीहरुले १ घण्टा सटर बन्द गरेर विरोध गरेका हुन् ।

आज शान्तिपूर्ण विरोध गरे पनि भोलिका दिनहरुमा माग पूरा नभए आन्दोलनको स्वरुप फेरिने दरबारमार्गमा किङ्स लाउन्जका सञ्चालक कुमार गुरुङले लोकपथलाई जानकारी दिए ।

‘आज एक घण्टा हामीले शान्तिपूर्ण आन्दोलन गरेका छाैँ । भोलिका दिनहरुमा माग पूरा नभए आन्दोलनको स्वरुपहरु फेरिन्छ ।’ गुरुङले लोकपथसँग भने ।

काठमाडौं महानगरले दरबारमार्गको पार्किङ हटाएसँगै व्यवसायीहरु असन्तुष्ट बनेका थिए । साथै पार्किङ राख्न दिए पनि महंगो शुल्क लिइएको र त्यसले त्यहाँ आउने सर्वसाधारणलाई मार परेको व्यवसायीहरुको गुनासो रहेको छ ।

पार्किङ हटाउँदा व्यापार व्यवासायमा समेत असर परेको बताउँदै गुरुङले छिटो भन्दा छिटो पार्किङको व्यवस्था गर्न माग गरे ।
‘यहाँको पार्किङ हटाउँदा आगन्तुकहरुमा ठूलो समस्या परेको छ । जस कारण हामी सबैको माग महानगरले छिटो भन्दा छिटो पार्किङको व्यवस्था गरोस् भन्ने छ ।’ गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?