दरबारमार्गका व्यवसायीहरुले एक घण्टा सटर बन्द गरेर विरोध गर्ने

लोकपथ
77
Shares

काठमाडौं । नेपालको मुख्य व्यवसायीक केन्द्र दरबारमार्गका व्यवसायीहरुले एक घण्टा सटर बन्द गरेर विरोध प्रदर्शन गर्ने भएका छन् ।

सोमबार (आज) अपरान्ह साढे ४ देखि साढे ५ बजेसम्म व्यवसायीहरुले विरोध प्रदर्शन गर्न लागेका हुन् ।

केहीसमयअघि देखि काठमाडौं महानगरले त्यहाँ गरिँदै आएको पार्किङ हटाएको थियो । त्यसको विरोधमा सटरहरु बन्द गर्न लागिएको दरबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले लोकपथलाई जानकारी दिए ।

दरबारमार्ग एरियामा पार्किङ हटाउँदा आउने आगन्तुकहरुलाई समस्या परेको भन्दै त्यहाँ निशुल्क पार्किङको माग उनीहरुको रहेको छ ।

‘महानगरले पार्किङ हटाएपछि आगन्तुकहरुलाई असर परेको छ । हामीले यसअघि पनि महानगरलाई निशुल्क पार्किङको व्यवस्था गर्न भनेका थियौँ । महानगरले चासो नदेखाएका कारण आज विरोध गर्न लागेका हौँ ।’ ढकालले लोकपथसँग भने ।

आज शान्तिपुर्ण प्रदर्शन गर्ने भए पनि आफ्ना मागहरु पूरा नभएमा भोलिका दिनहरुमा थप प्रदर्शन गर्न उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?