वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै शुरु भयो होली

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौंको वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली शुरु भएको हो ।

सोमबार बिहान ७ः४५ बजेको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।

प्रत्येक वर्षको फागुन शुल्क अष्टमीको दिन चीर ठड्याएसँगै फागु पर्व आरम्भ हुन्छ ।

यस वर्षको होली आगामी फागुन २२ गते पहाडी तथा हिमाली जिल्ला र २३ गते तराईमा मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?