सन्दीप लामिछानेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा

लोकपथ
143
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

आजकाे बन्द इजलासमा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए । यस्तै सन्दीपका बाँकी वकिलले सोमबार बहस गर्नेछन् । आज पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरेका थिए ।

सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए । क्रिकेट खेल्न विदेश जान पाउँ भन्दै सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आइतबारका लागि पेशी तोक्न आदेश दिएको थियो । सन्दीपलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ ।

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर आज मुद्दाको सुनुवाइ हुन लागेको हो । सर्वोच्चले यी दुवैलाई पुनरावेदनमा राखेर सुनुवाइ गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?