किशोरीलाई दुर्व्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया शुरु भएको जानकारी दिए । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?