डडेल्धुरा । डडेल्धुरामा चितुवाको हड्डीसहित दुई जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलो सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया