राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको पाचौँ साधारणसभा सम्पन्न, रुद्रसिंह तामाङ अध्यक्ष

लोकपथ
3.8k
Shares

काठमाडौं । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको पाचौँ साधारणसभा सम्पन्न भएको छ ।

शनिबार नुवाकोटको ककनीमा साधारणसभा सम्पन्न भइ नयाँ कार्यसमिति समेत चयन भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरिएको छ ।

अध्यक्षमा तामाङसहित वरिष्ठ उपाध्यक्षमा उदय बहादुर रानामगर, उपध्यक्षमा कृष्ण पुडासैनी, सचिवमा केशर बहादुर पण्डित, सहसचिवमा राजुप्रसाद प्याकुरेल र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा जंगबहादुर अर्याल, सन्तु श्रेष्ठ, बद्रीप्रसाद अर्याल, कृष्णराज खतिवडा, नारायण श्रेष्ठ, विष्णुहरि रेग्मी, विनोद न्यौपाने, रितु लामिछाने, इन्द्र पाण्डे, आरसी दाहाल र सुरज अर्याल रहेका छन् ।

त्यसैगरी सल्लाहकार समितिमा डा. केदारनरसिंह केसी, रामप्रसाद थपलिया, तुलसी सिटौला, पुष्पराम केसी, शुदर्शन भण्डारी र बासुदेव गुरागाँइ रहेका छन् ।

कार्यक्रममा सबैले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । नुवाकोटबाट निजामती क्षेत्रका विशिष्ठ पदमा पुगेकाहरुले आफ्नो जिल्ला नुवाकोट र समग्र देशकै लागि उत्कृष्ठ कामहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जिल्लाको विकासका लागि निजामतीको विभिन्न क्षेत्रमा आबद्ध भइ एकता कायम गर्दै भोलिका दिनहरुमा सामूहिक कामहरु गर्ने सबैको जोड रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यसमितिका सदस्य कृष्णराज खतिवडाले भोलिका दिनमा अझै धेरै व्यक्तिहरुलाई समेट्दै सिर्जनशील कामहरु गर्नका लागि समेत कर्मचारी समाजले भूमिका खेल्ने बताए ।

साधारणसभासहित शनिबार पिकनिकको समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?