कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
39
Shares

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । जसअनुसार आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यसैगरी दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली दखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?