चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा दुर्गाप्रसाद पाण्डे निर्वाचित

लोकपथ
39
Shares

गुल्मी । चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व चयन भएको छ । आज जिल्लाको सदरमुकाम तम्घासमा चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा गरिएको थियो । चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा दुर्गाप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डे, सीता विश्वकर्मा चयन भएका छन् । महासचिवमा यज्ञप्रसाद पन्थी, सचिवमा सूर्य घिमिरे, प्रेम घिमिरे र हरिकिरण ठकुरी निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्षमा युवराज पाण्डे र सहकोषाध्यक्षमा कमल अर्याल चयन भएको निवर्तमान महासचिव कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा निर्वाचित पाण्डे यसअघि उद्योग वाणिज्य संघ गुल्मीको अध्यक्ष पदमा रहेर काम गरेका थिए । अधिवेशनको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले व्यवसायी संकटमा परेकाले आफूहरूले त्यसमा ध्यान दिने बताए ।

‘तपाईं (व्यवसायी) संकटमा हुनुहुन्छ, हामीलाई थाहा छ’, उनले भने, ‘प्रदेशमा कुरा उठाउँछु अनि संघमा पहल गर्छु ।’ भुसालले व्यवसायीहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे । चेम्बर अफ कमर्स गुल्मीमा दुई सय ५१ व्यवसायी आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?