चितवन । चितवनका किसानहरूले आफ्नो माग पूरा नभएको भन्दै दोस्रो चरणको आन्दोलन शुरू गरेका छन्।
राजमार्गमा तरकारी फालेर गरिएको आन्दोलनको सुनुवाइ नभएको भन्दै शुक्रबार (आज) बाट पुनः आन्दोलन शुरु गरेका हुन् ।
किसानका मागहरू सम्बोधन गर्न दबाबका लागि कृषि औजारसहित सडकमा आएर प्रदर्शन गरिरहेका छन् ।
भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा कृषि औजारसहित भेला भएका किसानहरू जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबिसकोठी हुँदै नारायणगढको पुल्चोक गरेर आन्दोलन गर्ने बताइएको छ ।
चितवनसहित अन्य विभिन्न जिल्लाका किसानहरू सरकारले दिएको किसान परिचयपत्रसहित प्रदर्शनमा आएका छन् ।
किसानले उठाएका मागहरू सम्बोधनका लागि आश्वासनमात्र आएकाले कार्यान्वयनमा दबाब दिन दोस्रो चरणको आन्दोलन गर्नु परेको उनीहरुको आक्रोश रहेको छ ।
नेपालमा पर्याप्त उत्पादन हुने तरकारी, फलफूल भारतबाट आयात नगर्न, रासायनिक मल सहज रूपमा पाउने व्यवस्था गर्न, मलमा भइरहेको कालोबजारी रोक्न, किसानले पाउने अनुदानमा गरिएको कटौतीको निर्णय फिर्ता लिन किसानले माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया