नेपालसहित १४१ देशले भने- ‘रूसले युद्ध अन्त्य गर्दै युक्रेनी भूमि छोडोस्’

लोकपथ
84
Shares

काठमाडौं । नेपालसहित संयुक्त राष्ट्रसंघ आवद्ध १४१ राष्ट्रले रुसले तत्काल यूक्रेनी भूमि छाड्नुपर्ने माग गरेका छन् । उनीहरुले रुसले युद्ध अन्त्य गरेर तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सत्रमा गरिएको मतदानमा नेपालसहित १४१ मुलुकले युद्ध अन्त्य गरी रूसी सेनाले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका हुन् ।

उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने राष्ट्रहरुमा बेलारूस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ, रूस र सिरिया छन् ।

मतदानमा सहभागि नहुनेमा भने नेपालका दुबै छिमेकी भारत र चीनसहित दक्षिण एशियाली मुलुक श्रीलंका, पाकिस्तान, बंगलादेशका साथै ३२ देश रहेको युएन न्युजले जनाएको छ ।

शुक्रबार रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा भएको सन्दर्भमा यी मुलुकले युद्ध अन्त्यको लागि आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?