सुत्केरी मृत्यु प्रकरण : अस्पताल र पीडित पक्षबीच ६ बुँदे सहमति

लोकपथ
1.1k
Shares

नुवाकोट । उपचारको क्रममा सुत्केरीको मृत्यु भएको प्रकरणमा अस्पताल र मृतकका परिवार तथा आफन्तबीच ६ बुँदे सहमति भएको छ ।

उपचारको क्रममा विदुर नगरपालिकाकी सरिता न्यौपानेको काठमाडौंको मनमोहन अस्पतालमा मृत्यु भएको थियो ।

सोमबार चेकअपका लागि अस्पताल पुगेकी उनको अप्रेशन गरिएको थियो । सोही दिन साँझ शल्यक्रिया भए पनि सुत्केरीको शरिरमा इन्फेक्सन भइ अवस्था जटिल बनेको थियो । तर अस्पतालले समयमै रिफर नगरेको कारण मृत्यु भएको आफन्त तथा परिवारको आरोप रहेको छ ।

जिल्लाको त्रिशुली अस्पतालमा बच्चा जन्मिए पनि उनको स्वास्थ्य जटिल बनेको भन्दै त्यहाँबाट काठमाडौं पठाइएको थियो । तर काठमाडौंको मनमोहन अस्पताल आइपुग्दा न्यौपानेको शरिरका कुनै पनि अंगले काम गर्न छाडेपछि बिहीबार निधन भएको थियो ।

यता उनको आफन्त र परिवारले भने त्रिशुली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए ।

शुक्रबार दुवै पक्षबीच विभिन्न ६ विषयमा सहमति भएको छ । सहमति अनुसार घटनाको यथार्थ छानबिनसहित अस्पतालको आन्तरिक व्यवस्थापन सुधार गर्नका लागि रायसहितको प्रतिवेदन ७ दिनभित्र बुझाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने ।

त्यसको साथै उक्त घटनाको दोषी उपर कानून बमोजिम कारबाही गर्ने, ज्यान गुमाएकी नवजात शिशुको पालनपोषणको लागि त्रिशुली अस्पताल र विदुर नगरपालिका समेतको सहयोगमा ५ लाख १३ दिनभित्र उपलब्ध गराउने । त्यस्तै अबदेखि कुनै पनि घटनामा उपचार तथा क्षतीपूर्ती उपलब्ध गराउन जिल्लामा कोष खडा गर्ने । त्यसको लागि जिल्लास्थित स्थानीय निकाय, प्रदेश स्वास्थ्य मन्त्रालय लगायत सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गर्ने निर्णय भएको हो ।

त्यस्तै मृतकका नबालिकाको हकमा त्रिशुली अस्पतालले स्वास्थ्य तथा शिक्षाको ग्यारेन्टी नगरपालिकाले गर्ने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?