काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेशी तोकिएको छ ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा लामिछानेको मुद्दाको पेशी परेको हो ।
नाबालिका बलात्कारको कसुरमा यसअघि नै जिल्ला अदालत काठमाडौंमा मुद्दाको पुर्पक्ष गरिरहेका लामिछानेले उच्च अदालत पाटनको निर्णय विरुद्ध बिहीबार सर्वोच्चमा रिट दिएका थिए ।
लामिछानेले उच्च अदालत पाटनले थुनामुक्त गर्न आदेश दिइए पनि त्यसमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउन मागसहित मुद्दा दायर गरेका थिए ।
गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी थुनामुक्त भएका थिए । उक्त मुद्दाको टुंगो नलागेसम्म उनलाई विदेश जान रोक लगाइएकोमा उक्त व्यवस्था हटाउन मागसहितका सर्तमा उनलाई धरौटीमा छाडिएको थियो ।
त्यसको विरुद्ध लामिछानेले आफूलाई विदेशमा गएर पनि खेल्न पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया