प्रहरी तालिम केन्द्रको प्रहरी महानिरीक्षक सिंहबाट निरीक्षण

लोकपथ
52
Shares

विराटनगर । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रदेश नं. १ को प्रहरी तालिम केन्द्र गोठगाउँको बुधबार निरीक्षण गरेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–८ गोठगाउँस्थित उक्त तालिम केन्द्रको भ्रमणको क्रममा उनले तालिम केन्द्रको आवास, मेश तथा भौतिक पूर्वाधारको अवलोकन गरेका हुन् ।

निरीक्षण तथा अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले आवश्यक निर्देशन दिए । उक्त अवसरमा तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

यसैगरी प्रहरी महानिरीक्षक सिंहले आसरा सुधार केन्द्र पानवारी धरानकोसमेत आजै निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले केन्द्रको भौतिक संरचना, मेश, उपचाररत सदस्यहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गरे ।

निरीक्षणको क्रममा उनले उपचाररत सदस्यहरुलाई लागूऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नुपर्ने लगायत उत्प्रेरणात्मक सन्देश दिए ।

साथै उनले केन्द्रमा उपचाररत सदस्यहरूलाई सौहार्दपूर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको हुँदा उच्च स्तरीय उपचार पद्धतिद्वारा उपचार गर्न परामर्शदाताहरुलाई अनुरोध गरे ।

आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भै सुधार केन्द्रमा कार्यरत रहन समेत उनले निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?