यातायात क्षेत्रको समस्या एकीकृत रुपमा समाधान गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

लोकपथ
70
Shares

काठमाडौं । उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठसँग नेपाल ट्रक यातायात व्यवसायी महासंघका
पदाधिकारीहरुले भेटघाट गरेका छन् ।

महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल र मन्त्री श्रेष्ठबीच मन्त्रालयमा मंगलबार भेटघाट भएको हो ।

अध्यक्ष श्रेष्ठको नेतृत्वले मन्त्री श्रेष्ठलाई भेटी बधाई दिँदै मालबाहक सवारी क्षेत्रले भोग्दै आएको समस्या र समाधानका उपायबारे जानकारी गराएको महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले जानकारी दिए ।

विशेष गरी भारतीय मालबाहक सवारीको निर्वाध नेपाल प्रवेश, भारतीय गाडीको ओभर लोड नियन्त्रण र ओभर लोडका कारणले नेपालका सडकमा भएको क्षतीबारे उपप्रधानमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको थियो ।

ट्रक व्यवसायीहरुको समस्या र समाधानको उपायहरु सुनिसकेपछी मन्त्री श्रेष्ठले सबै समस्याहरुलाई एकीकृत रुपमा समाधान लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटघाट कार्यक्रममा महासघका अध्यक्ष , हिरालाल श्रेष्ठ , उपाध्यक्ष, बिष्णु प्रसाद न्यौपाने, महासचिव राजेन्द्र बिक्रम बानियाँ, ध्रुव अर्याल, मधेश संयोगक अर्जुन बहादुर सापकोटा बागमती प्रदेश ,केन्द्रीय सदस्यहरु रोहित श्रेष्ठ, सरोज कुमार खनाल ,बद्रीप्रसाद चौलागाईं र कार्यलय सचिव , रामचन्द्र न्यौपाने साथै अन्य ट्रक व्यवसायीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?