काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री एवं सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्व सहमति अनुसार राष्ट्रपतिमा एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेको छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पौडेलले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपतिको निर्वाचन हुने बताए ।
वर्तमान गठबन्धनमा सरकार गठनको पुष्टिभूमिमा भएका सहमति सबै राजनीतिक दलबाट इमान्दारिताका साथ पालना हुने उनले विश्वास व्यक्त गरे । पुस १० को सहमति अनुसार राजनीतिक माहोल परिवर्तन भएका कारण सोही अनुसार अघि बढ्नुपर्नेमा उनको जोड रहेको छ ।
त्यस्तै उनले लघुवितका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम गरिरहेको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया