कस्तो छ कांग्रेस नेता भण्डारीको पछिल्लो स्वास्थ्य अवस्था ?

लोकपथ
65
Shares

काठमाडौं । एलपीजी ग्यास सिलिण्डरको विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

भण्डारीलाई आजदेखि कृत्रिम अक्सिजनको मात्रा घटाइने भएको छ । प्रेसर मास्क अक्सिजनबाट ८ लिटर अक्सिजन दिईएकाेमा आज बिहान ७ बजेदेखि सो लाई घटाई ६ लिटर झारिएको उपचार समन्वयमासँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।

उनलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि सायद आइविसियु (इन्टेन्सिभ बर्न केयर युनिट) बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिए । नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

नेशनल बर्न सेन्टरका डा.सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘इटी ट्युब’ मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनी कम हुँदै गएको छ । एण्टीबायोटिकले राम्रो काम गरेकोले इन्फेक्सन एकदमै न्यून भएको तर, ज्वरो नआएको कारण डराउनुपर्ने अवस्था नरहेको उपचारमा संलग्न डाक्टरहरुले जनाएका छन् ।

नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर, हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?