इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई

लोकपथ
14
Shares

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) ले हरेक बर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार यसवर्ष दुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

संचार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार मात्रृका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारद्धय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कृत पत्रकार दाहालले २०६४ सालबाट पत्रकारिता शुरु गरेका थिए । सुशासन/सार्वजनिक प्रशासन,आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँदै आएका छन् । दिव्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिक हुँदै कारोबार दैनिक, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा कार्यरत छन् ।

त्यस्तै पुरस्कृत अर्का पत्रकार वाग्ले विगत १५ वर्षदेखि पत्रकारितामा संलग्न रहँदै आएका छन् । महिलामाथि हुने विभेद, सार्वजनिक प्रशासन लगायतका विषयमा कलम चलाउँदै आएकी पत्रकार वाग्लेले राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका हुँदै हाल आइएनएस डट कममा कार्यरत छन् ।

५० हजार राशीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?