डिजिटल लर्निङ डे २०२३ विशेष कार्यक्रम आयोजना हुने

लोकपथ
21
Shares

काठमाडौं । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थात २३ डिसेम्बर २०२३ मा डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिँदै छ ।

एडचेन्ज नेपाल सस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रम आयोजना गर्न लागेको हो । होटल हिमालय, कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुति, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको छ ।

डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेशन नामक सस्थाले विश्वभर शुरु गरेको एउटा अभियान हो । फ्रेब्रुअरी महिनाको तेस्रो हप्ताको बिहीबारको दिन विश्वका सर्यौ देशहरुमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ ।

यसवर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगन सहित काम गरिरहेको एडचेन्ज नेपालले आयोजना गरिरहेको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइटेलले मुख्य वत्ताको रुपमा प्रस्तुति गर्नेछन् । यसैगरी नेपाल खुल्ला विश्वविद्यालयका सहप्राध्यापक डा.भोजराज घिमिरे र काडिंगल भारतमा सहसस्थापक सत्यम वर्नवालको कार्यपत्र प्रस्तुति रहेको छ ।

प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द«, युनेस्को, प्याब्सन र अन्य सस्थाहरुबाट विशिष्ट व्यत्तिहरुबिच अन्तकृया सञ्चालन हुनेछ । आइडिया पिचिङको रुपमा शिक्षकहरुले टिचिङ अभ्यासको बारेमा नयाँ आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यस कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरुमा सघाँउ पुर्याउने आयोजकले विश्वास लिएको छ । नेपालमा विगत एक दशकदेखि नै डिजिटल लर्निङको क्षेत्रमा विभिन्न अभ्यासहरु भइरहेका छन ।

विशेषगरी कोभिड १९ पश्चात विद्यार्थीहरुको सिकाईको लागि सरकारले पनि अनलाइन शिक्षालाई प्रवर्द्धन गरेको छ । एक दर्जनबढि कम्पनीहरुले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन । तर, अझैपनि डिजिटल लर्निङलाई पूर्णरुपमा आत्मसात गर्न नसकिएको देखिन्छ ।

सरकारले विद्यालयस्तरमा शैक्षिक सामग्री र पुस्तक महिनौसम्म उपलब्ध गराउन नसकिरहेको सन्दर्भमा, अब डिजिटल लर्निङलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ । यसको लागि आवश्यक पुर्वाधार विकास, डिजिटल कनेक्टिभिटीमा जोड दिनुपर्ने अवस्था छ । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा पनि डिजिटल शिक्षालाई आठ कार्यक्षेत्रभित्र समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?