काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरवेजले गर्दै आइरहेको सेल्फ ग्राउण्ड ह्याडलिङ सेवा रद्ध गरेको छ ।
सोमबार (आज) बाट लागू हुनेगरी थाइ एयरवेजका इन्जिनियरमार्फत लामो समयदेखि हुँदै आइरहेको सेल्फ ग्राउण्ड ल्याण्डलिङ सेवा रद्ध गरेको हो ।
लामो समयदेखि थाइ एयरवेजले सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेको गरेको प्राधिकरणले जनाएको छ ।
सेवा अवरुद्ध गरेसँगै थाइ एयरका सहायक कम्पनी, जिएसए कम्पनीले गर्दै आएको सेवाहरु आजका मितिदेखि बन्द भएका हुन् ।
थाइ एयरका इन्जिनियरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जहाजमा मेन्टेनेन्स, रिपियर एण्ड ओभरल सेवा गर्दै आएको थियो । तर उक्त सेवाबाट थाइ एयरका इन्जिनियरलाई हटाएसँगै सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया