क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको साधारणसभा हुँदै

लोकपथ
35
Shares

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आठौं र नवौं सयुक्त वार्षिक साधारणसभा फागुन १२ गते काठमाडौंमा हुने भएको छ ।

महासंघका महासचिव पुरुषोत्तम रेग्मीका अनुसार साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको र कार्यक्रममा देशभरबाट करिव ३ सयभन्दा बढी व्यवसायीहरुको सहभागिता रहनेछ ।

कार्यक्रमको प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रसारन मन्त्री अमन लाल मोदीले गर्नेछन् । साधारणसभा फागुन १२ गते शुक्रबार बानेश्वर व्याङ्क्वेट थापागाउँ काठमाडौंमा बिहान ८ बजेबाट सुरु हुने समेत महासचिव रेग्मी जानकारी दिए।

२०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न सातौँ अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?