प्रधानन्यायाधीश नियुक्त गर्न कानुन व्यवसायीहरुको माग

लोकपथ
35
Shares

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्तको माग गरेका छन् ।

प्रधानन्यायाधीश नियुक्ती नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीहरुले अभिलम्ब प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया थाल्न माग गरेका हुन् ।

सोमबार सर्वोच्च बार एशोसियशनको ४९औँ स्थापना दिवसरका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा उठाएका हुन् ।

सो क्रममा नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयको परिकल्पना गरिएको पद भएको बताए । त्यस्तै उनले लामो समय सर्वोच्चको नेतृत्व कायममुकायमले गरिरहेको भन्दै न्याय सम्पादनमा समेत फरक पर्ने बताए ।

त्यस्तै सर्वोच्च अदालत बार एशोसियशनका अध्यक्ष हरिशंकर निरौलाले कायममुकायमले सर्वोच्च अदालत चलाउन उचित नभएको बताए । प्रधानन्यायाधीशले नै संवैधानिक इजलासको नेतृत्व गर्नुपर्ने जिकिर गरे ।

यता वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पनि प्रधानन्यायाधीश नियुक्तीको माग गरेका छन् । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले लामो समयदेखि न्यायालयको प्रमुख पद रिक्त हुनु स्वभनीय नभएको बताए ।

त्यसैगरी ढुक्कसँग प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह कुनै व्यक्तिले गर्न नपाएमा न्याय सम्पादनमा फरक पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?