त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन

लोकपथ
70
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन भएको छ । सर्भर डाउन भएसँगै अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ भने सैयौँको संख्यामा यात्रुहरु समस्यामा परेका छन् ।

अध्यागमनको सर्भर १२:१५ बाट डाउन भएको थियो । अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य प्रभावित भएको छ ।

हाल सर्भर्मा देखिएको समस्या पार्सिएल्ली समाधान भएको विमानस्थलका ड्यूटी अफिसर केशव भट्टराइले लोकपथलाई जानकारी दिए । उनका अनुसार हाल अध्यागमन विभाग सर्भर्मा देखिएको समस्या समाधानका लागि लागिरहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?