काठमाडौं । नुवाकोटको धार्मिक एवं पर्यटकीयस्थल चिम्टेश्वरमा शिवरात्री पर्व विशेष कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ ।
शनिबार बेलकोटगढी नगरपालिका वडा नं २ को आयोजनामा शिवरात्री पर्व मनाइएको हो ।
अघिल्ला वर्षहरुमा पुजापाठ र प्रसादग्रहण मात्रै गरिने गरिएकोमा शनिबार भजनकृतन तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । त्यसको साथै रक्तदान कार्यक्रम समेत गरिएको थियो ।

ऐतिहासिक महत्व रहेको चिम्टेश्वरमा हरेक वर्ष शिवरात्री पर्व मनाइदै आइएको छ ।
बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम अघिल्लो वर्ष भन्दा केही फरकपना रहेको उपस्थितहरुको प्रतिक्रिया थियो । आगामी दिनमा थप व्यवस्थित बनाउँदै चिम्मेश्वरमा शिवरात्री पर्व मनाउने उपप्रमुख दाहालले बताए । साथै धार्मिक र पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण रहेको चिम्टेश्वरको विकासका लागि लाग्नुपर्ने दाहालको जोड रहेको छ ।
उक्त कार्यक्रमले चिम्टेश्वरको धार्मिक एवं पर्यटकीय रुपमा महत्वलाई थप बढोत्तरी गर्न मद्दत मिलेको वडा नं २ का अध्यक्ष रामचन्द्र तिम्सिनाले बताए । साथै आगामी दिनमा थप व्यवस्थित रुपमा कार्यक्रमहरु गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया