पोखरामा यात्रुवाहक बस दुर्घटना, घाइतेलाई अस्पताल लगिँदै

लोकपथ
104
Shares

कास्की । पोखरामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै बस दुर्घटनामा परेको हो ।

आइतबार दिउँसो ग १ ख ६७४७ नम्बरको बस सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी इन्स्पेक्टर खिमलाल खड्काले लोकपथलाई जानकारी दिए।

उनका अनुसार बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको बस सडकमा केही तल पल्टिएको छ। उक्त बसमा ४०–४२ जनाको संख्यामा यात्रु रहेको बताए ।

‘दिउँसो साढे २ बजेतिर बस दुर्घटना भएको हो । सो बसमा ४०–४२ जना जति यात्रु रहेका थिए ।’ उनले भने, ‘अहिले उद्दारको काम भइरहेको छ ।’

त्यस्तै कुनै पनि यात्रु गम्भीर नभएको उनले बताए ।

‘कुनै पनि यात्रु गम्भीर देखिएको छैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?