काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १३ सय नमुना परीक्षणमध्ये ५ जनामा पीसीआर र १ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोही पनि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो समय कोरोनाको जोखिम कम भइरहेको छ । हाल नेपालमा १५ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणको कारण १२ हजार २० जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म १० लाख १ हजार १ सय ३० जनाको पीसीआर र १ लाख ५२ हजार २ सय ३३ जनामा एन्टीजेन पुष्टि भएको छ ।
त्यस्तै हाल कोही पनि क्वारेन्टाइनमा नरहेको मन्त्रालयले जनाएको छ ।