सात वर्षमा पनि बनेन मानव अधिकार आयोगको भवन, अलपत्र राष्ट्रिय पुस्तकालय (फोटोफिचर)

लोकपथ
14
Shares

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोग रहेको ललितपुर पुल्चोकस्थित भवन अझै पुनर्निर्माण गरिएको छैन । २०७२ सालको गोर्खा भूकम्पले ध्वस्त बनाएका अधिकतर संरचनाहरु बनिसक्दा पनि ललितपुर पुल्चोकको हरिहरभवनस्थित यो भवन भने अझै नबनाइएको हो ।

भूकम्पले हल्लाएर जीर्ण बनाएको राणाकालीन यो महलमा मानव अधिकार आयोगको कार्यालयका साथै राष्ट्रिय पुस्तकालय पनि रहेको थियो । भवन नबनाउँदा राष्ट्रिय पुस्तकालयलाई अस्थायी संरचनामा सारिएको छ ।

मानव अधिकार आयोगले निजी भवन भाडामा लिएर कार्यालय राखेको छ । राष्ट्रिय पुस्तकालय भने जमलस्थित पुरानो परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा बनाउने निर्णय सरकारले २०७५ साल असोजमा गरेको थियो ।

सबै तयारी भएर थालनी गर्नैलाग्दा फेरि सरकारले नै २०७७ साउन ५ मा ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण नगर्ने/नगराउने’ निर्णय गरेपछि रोकिएको छ ।

तत्कालीन सरकारले २०१३ सालमा राजगुरु हेमराज पाण्डेको पुस्तकालयलाई खरिद गरी सञ्चालनमा ल्याएको पुस्तकालयमा विभिन्न भाषाका १ लाख ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिकाहरू संरक्षित रहेको बताइएको छ ।

हेर्नुहोस् तस्बिरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?