आजको मौसमः तीन प्रदेशमा बदली

लोकपथ
7
Shares

काठमाडौं । आज शुक्रबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुुसार दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?