६ वर्षे पदावधि सकेर अवकाश भए निर्वाचन आयुक्त पौड्याल

लोकपथ
39
Shares
lgjf{rg cfo’Qm kf}8ofnsf] labfO sf7df8f}F, $ kmfu’g M 5 jif{] kbfjlw k”/f u/L cjsfz k|fKt lgjf{rg cfof]usf cfo’Qm OZj/Lk|;fb kf}8ofnnfO{ laxLaf/ cfof]udf cfof]lht sfo{qmdaLr labfO ub}{ k|d’v lgjf{rg cfo’Qm lbg]zs’df/ yklnof, cfo’Qmx¿ / cfof]usf ;lrj uf]s0f{dl0f kf}8ofn . tl:a/ M k|sfz l;njfn÷/f;;

काठमाडौं । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश भएका छन् । ६ वर्षे पदावधि पूरा गरी पौड्याल अवकाश भएका हुन् । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरियो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाले सम्मान गरेका थिए । सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र कानुनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गरे ।

उनले आयोगको छविलाई उच्च राख्न पौड्यालले खेलेको भूमिकाको प्रशंसा गरे । प्रमुख आयुक्त थपलियाले नयाँ संविधानपछिको पहिलो निर्वाचन (विसं २०७४) देखि नै निर्वाचन सञ्चालन र व्यवस्थापनमा पौड्यालले दिएको योगदान आयोग र आमजनताका लागि सम्पत्ति हुने बताउँदै पौड्यालको आगामी जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।

आयुक्त पौड्यालले निष्ठा, सदाचारिता र व्यावसायिकतालाई मूल मन्त्र मानेर आफूले सार्वजनिक सेवामा काम गरेको र जिम्मेवारी पूरा हुँदा आफू खुसी हुने उल्लेख गर्दै नयाँ संविधानपछि कानुनी र व्यवस्थापकीय अनुभवको अभावबीच २०७४ सालको निर्वाचन सफल बनाइएको स्मरण गरे ।

उनले कानुनको इमान्दारपूर्ण पालनाबाट संवैधानिक आयोगको गरिमा बढ्ने विश्वास व्यक्त गरे । आयोगमा विसं २०७३ फागुन ५ गते आयुक्तका रूपमा राष्ट्रपतिबाट नियुक्त पौड्यालले सोअघि करिब तीनदशक निजामती सेवामा व्यतित गरी विशिष्ट श्रेणी (सचिव) बाट अवकाश प्राप्त गरेका थिए ।

विसं २०१५ वैशाख ११ गते स्याङ्जामा जन्मिएका पौड्यालले वातावरण इञ्जिनीयरिङ, समाजशास्त्रलगगायत विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । विश्वका ४५ मुलुकको भ्रमण गरेका पौड्याल सार्वजनिक खरिद, करार व्यवस्थापन, कार्यदक्षता मूल्यांकन, खानेपानी व्यवस्थापन, अनुगमन/मूल्यांकन जस्ता विषयमा विज्ञ मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?