थप उपचारका लागि कांग्रेस नेता भण्डारीलाई मुम्बई लैजाने तयारी

लोकपथ
35
Shares

काठमाडौं । कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बुधबार राती ग्याँस बिस्फोटबाट घाइते भएका भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भएको बताएका हुन् ।

ग्याँस बिस्फोटबाट भण्डारीसहित उनको आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमाको भने निधन भइसकेको छ ।

२५ देखि ३० प्रतिशत शरीर जलेको र भित्री श्वास नलीमा पनि धेरै हिट भएको हुनाले त्यसको असर अझै तीन चारदिनपछि देखिने भएकाले चिकित्सकहरुले मुम्बईमा उपचारका लागि सुझाव दिएकाले लैजाने तयारी भएको उनले बताएका हुन् ।

‘पासपोर्ट लगायतका केही प्राविधिक काम गर्नुपर्ने भएकाले अब एकदुई घण्टाभित्रै उहाँलाई मुम्बईको नेशनल बर्निङ अस्पतालमा लैजाने तयारी भइहरको छ,’ उनले भने, ‘चिकित्सकहरुका अनुसार उहाँ खतरामुक्त हुनुहन्छ ।’

यद्यपि, भण्डारीले भने नेपालमै उपचार गर्ने इच्छा व्यक्त गरेका थिए । चिकित्सहरुको सल्लाहअनुसार उनी मुम्बई जान सहमत भएको मन्त्री गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?