सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

लोकपथ
117
Shares

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो ।

गएराति बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा नै गम्भीर घाइते भएका थिए । घाइते दुबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेकामा आमाको निधन भएको हो ।

सांसद भण्डारीलाई भने थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ । अस्पतालका चिकित्सकहरूका अनुसार हरिकलाको शरिरको करिब ७० प्रतिशत भागमा असर गरेको र थप उपचारका लागि देश बाहिरको सुविध सम्पन्न अस्पतालमा लैजान सुझाब दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?