बालेन शाहसँग जरिवाना नअसुल्न सर्वोच्चले दियो अन्तरिम आदेश

लोकपथ
119
Shares

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

निर्वाचन विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि त्यसविरुद्ध बालेन सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले वुधबार आयोगका नाममा कारण देखाउ र अन्तरिम आदेश जारी गरेको हो ।

शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?