यात्रुबाट बढी भाडा लिने २३ जना ट्याक्सी चालक कारबाहीमा

लोकपथ
39
Shares

काठमाडौं । यात्रुबाट बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मंगलबार ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो ।

ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरे ।

त्यसैगरी, सडकमा अनावश्यक रोकेर बस्ने राइड सेयरिङ गर्ने दुइपाङग्रे सवारी साधनका ४ हजार १ सय ९० जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । गत मंसिर २७ गतेदेखि शुरु भएको यस अभियानमा आजसम्म ४ हजार १ सय ९० जना चालकहरू कारबाहीमा परिसकेको भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?