काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।
सोमबार प्रहरीले ललितपुर धापाखेलबाट अवैध लागूऔषध गाँजा ८ केजी र नगद ३५ हजार रुपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर गढि गाउँपालिका–७ गढि घर भएका ३५ वर्षीय बहादुर सिंह घलानलाई पक्राउ गरेको हो ।
घलानको कोठामा लागूऔषध गाँजा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका–६ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी ५ सय ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३४ वर्षीय बज्र मोहन यादव र ४१ वर्षीय सुरेन यादव रहेका छन् ।
उक्त ठाउँमा लागूऔषध गाँजा बिक्रिवितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले मोहन यादबको घरबाट करिब ८ केजी र सुरेन यादवको साथबाट ५ सय ग्राम लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यता बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहा चेक पोष्टबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका–२ जमुनि बस्ने १९ वर्षीय बबि सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकमा बेरेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै झापा, गौरीगंज गाउँपालिका–३ बाट अवैध लागूऔषध गाँजा करिब २ केजी ६ सय २० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–८ बैराति बस्ने २४ वर्षीय बबि राजबंशी र गौरिगंज गाउँपालिका–३ गौरिगंज बस्ने १९ वर्षीय संन्जिब रौनियार रहेका छन् ।
प्रहरीले राजबंशीलाई करिब ७ सय मिलिग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा राजबंशीले उक्त लागूऔषध गाँजा संन्जिव रौनियारबाट किनेको खुल्न आएपछि रौनियारको घरमा तलासी गर्दा करिब १ किलो ९ सय २० ग्राम लागूऔषध गाँजा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यता कैलाली, धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानबाट अवैध लागूऔषध ब्राउन सुगर २ सय १० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–८ बुद्ध चोक बस्ने २१ वर्षीया मनिका वुढा, सोही उपमहानगरपालिका–८ धनगढीगाँउ बस्ने २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना रहेका छन् ।
यसैगरी कैलाली, जानकी गाउँपालिका–६ जगतपुर घर भई टिकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने २४ वर्षीय नुतन कडायतलाई अवैध लागूऔषध १ सय मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले नुतनले संचालन गरेको नमस्ते होटलमा बसिरहेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका उनीहरुको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया