काठमाडौं उपत्यकामा यातायात सञ्चालन गर्ने सहमति

लोकपथ
63
Shares

काठमाडौं । सरकारी पक्ष र यातायात मजदुरबीच बन्द सवारी सञ्चालन गर्ने सहमति भएको छ ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा मजदुर संगठनले राखेको माग सम्बोधन गर्ने भएसँगै यातायात सञ्चालन गर्ने सहमति भएको हो ।

विभिन्न मागसहित सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा मजदुरहरुले आन्दोलन गरेका थिए । आजका लागि घोषित रुपमै यातायात बन्द गर्ने घोषणा गरेका थिए । सोही अनुसार आज बिहानैबाट काठमाडौंमा यातायात प्रभावित भएको थियो ।

सरकारसँग वार्तापछि सवारी सञ्चालन हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?