काठमाडौं । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात व्यवसायी र मजदुरहरुको आन्दोलनले झनै उग्र रुप लिएको छ । सोमबार दिउँसैबाट चर्किएको आन्दोलन साँझसम्म आइपुग्दा झनै उग्र बनेको हो ।
हाल अन्दोलनकारीहरुले नयाँ बस्पार्कस्थित लोत्से मलमा ढुंगामुढा गरेका छन् । विभिन्न मागसहित गोँगबु, माछापोखरी एरियामा आन्दोलनरत व्यवसायी तथा मजदुरहरुले २ वटा प्रहरीको भ्यानसमेत जलाएका छन् । भने माछापोखरी चोकमा रहेको ट्राफिक बुथ समेत तोडफोड गरेका छन् ।

ढुंगामुढा हुँदा केही प्रहरी समेत घाइते भएका छन् । आन्दोलनलाई नियन्त्रणलाई लिन प्रहरीले हवाइ फायरस समेत गरेको भएपनि स्थितीनियन्त्रणमा आउन सकेको छैन ।
सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । आफ्ना मागहरु पूरा नभएमा भोलि उपत्यकामा यातायात सेवा बन्द गर्ने चेतावनी व्यवसायी र मजदुरहरुले चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया