भोलिदेखि काठमाडौं उपत्यकामा सवारी नचलाउने मजदुर संगठनको घोषणा (विज्ञप्तिसहित)

लोकपथ
98
Shares

काठमाडौं । विभिन्न यातायात मजदुर संगठनले मंगलबार (भोलि) देखि काठमाडौं उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै मजदुर संगठनहरुले कुनै पनि सवारी नचलाउने घोषणा गरेका हुन् । आफूहरुले सरकारसमक्ष राखेका १० बुँदे माग पूरा नभएसम्म कुनै पनि सवारी नचलाउने चेतावनी दिएका छन् ।

विभिन्न मागसहित यातायात व्यवसायी तथा मजदुरहरुले आज दिनभर काठमाडौंको नयाँ बसपार्क र गोँगबु एरियामा प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीहरुले प्रहरीको भ्यान समेत जलाएका छन् ।

1

2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?