आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ

लोकपथ
133
Shares

रोल्पा । रोल्पामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै ६९ वर्षीय बुवा प्रथमन बुढाको हत्या गरेको अभियोगमा माडी गाउँपालिका-५ बाग्मा बस्ने ३७ वर्षीय नर बहादुर बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नरबहादुरले बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्तभएपछि प्रहरी चौङभावाङ र ईलाका प्रहरी कार्यालय घर्तिगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?