भारतीय विदेशसचिव क्वात्राले भेटे राष्ट्रपति भण्डारी

लोकपथ
78
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् ।

सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा पुगेर क्वात्राले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा विदेशसचिव क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सन्देश सुनाएका थिए ।

दुई दिने भ्रमणका लागि आज आएका क्वात्राले त्यसअघि नेपालका विदेशसचिव, परराष्ट्रमन्त्री लगायतसँग भेटघाट गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?