प्रचण्डको ‘जनयुद्ध दिवस’ को बिदा शान्ति होइन, हिंसा प्रवर्तनका लागि

लोकपथ
442
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ लाई ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक बिदा दिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले वि.सं.२०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र हिंसा शुरुवात गरेको दिनको गौरवमा सार्वजनिक बिदा दिएका हुन् ।

सामन्तवादी राज्यसत्ताको अन्त्य गर्ने भन्दै प्रचण्ड–बाबुरामसहितका नेताले केही प्रहरी चौकीमा बम प्रहार गरेर शुरुवात गरेको रक्तरञ्जित हिंसामा हजारौं निहत्था नागरिकको बर्बरतापूर्वक हत्या गरिएको थियो । माओवादीकले थालेको हिंसाविरुद्ध राज्यले गरेको प्रतिहिंसामा परि सत्रौं हजार नेपाली नागरिक मारिए । युद्धमा आमनेसामने नभएका तर तिनका विचार मान्न नचाहने हजारौं निहत्था व्यक्तिलाई दूश्मन, सूराकी, समर्थक जस्ता बहाना बनाएर निर्ममतापूर्वक हत्या गरियो ।

आधुनिक समाजमा कल्पना पनि गर्न नसकिने कसाही शैलीले विद्यालयमा पढाउँदै गरेका गुरुहरु, चुलो चौकीमा रहेका आमा दिदीबहिनीहरु, आफन्तजनको किरिया (शोक) मा रहेका किरियापुत्रीहरुलाई तिनकै आफन्त/कलिला नानीहरुको अगाडी छाला काढेर, छ्याक छ्याक बनाएर रेटीरेटी, झुण्ड्याउनेदेखि गोली हानेर हत्या गरियो । यतिसम्म यातना दिएर मारियो कि ती दृष्य कल्पना गर्दा पनि आँङ सिरिङ हुन्छ । यो यातना र हत्याको प्रकृति सरकारी सुरक्षाकर्मीबाट पनि कम भएको थिएन । कयौं किशोरी, महिलाहरु बलात्कृत गरिए र मारिए ।

प्रचण्ड आफूले शुरु गरेको उक्त हिंसात्मक द्रोहको आगो साँच्चै नै सफलतापूर्वक निभोस् भन्ने चाहन्थे भने, दशर्कौंदेखि पूरा हुन नसकेको शान्ति प्रक्रियालाई एउटा निचोडमा पुर्याउने काममा लाग्ने थिए । बिदा दिने निर्णयले आफ्ना केही चाटुकारहरुलाई वाहवाही गर्ने मौका हुने बाहेक के हुन्छ ? जबकी सामान्य चेत भएका सबैजसोले यस बिदाको आलोचना गरेका छन् । देशका बुद्धिजिवी, नागरिक समाजदेखि सञ्चार जगतसम्ममा यस बिदाको औचित्यमाथि प्रश्न गरिरहेका छन् । यसबाट दशकौंदेखि ओछ्यान परेको घाइते अपाङ्गहरुले के पाउँछन् ? चाहे माओवादीका कारण घाइते अपाङ्ग बनेका हुन् वा राज्यका कारण, ती सबै आज नारकीय जीवन बिताउन विवश छन् ।

अपहरण र वेपत्तामा परेका हजारौं नागरिकबारे अहिले पनि तिनका आफन्तजनलाई कुनै जानकारी दिइएको छैन । तर, सरकार हत्याको त्यो दुन्दूभीलाई आफ्नो बहादुरी ठान्दै उत्सव मनाउन बिदा दिन्छ । बसभित्रै जलाएकी बालिका काजोल खातून, चल्दै गरेको बसमा धराप पड्काएर बाँदरमूँढेमा गरिएको सर्वसाधारणको हत्या, नियन्त्रणमा लिएपछि गरिएको दोरम्बा हत्याकाण्ड यी कथित जनयुद्ध कालमा विद्रूप हुन् । कृष्ण सेनदेखि ज्ञानेन्द्र खड्कासम्मका पत्रकारहरु अक्षर खेती गर्दागर्दै मारिए ।

हुनत, जनता मारेर आर्जन गरेको शक्तिले माओवादी, तिनका सुप्रिमो र नेताहरुलाई सत्ता र शक्तिको केन्द्रभागमा पु¥यायो । जनयुद्धको लेप लगाएर गरिएको उक्त हिंसात्मक द्रोह फगत सत्ता, शक्ति र सम्पत्ति थुपार्ने नियतका लागि थियो भन्ने कालान्तरमा पुष्टि भएको छ । प्रचण्ड, तिनका परिवार, आसेपासे केही नेता र बिचौलियालाई छाड्ने हो भने उक्त हिंसामा दुरुत्साहित भएर होमिएकाहरुको जीवन आज नारकीय बन्दोछ । देशमा प्रचण्ड एण्ड कम्पनीको धनराज्य चलिरहँदा कयौं लडाकाहरु जीवन बचाउन खाडीमा रगत बेचिरहेका छन् । कति बाकसमा बन्द भएर आउनुपर्ने विवशता भोगिरहेका छन् ।

प्रचण्ड आफूले शुरु गरेको उक्त हिंसात्मक द्रोहको आगो साँच्चै नै सफलतापूर्वक निभोस् भन्ने चाहन्थे भने, दशर्कौंदेखि पूरा हुन नसकेको शान्ति प्रक्रियालाई एउटा निचोडमा पुर्याउने काममा लाग्ने थिए । बिदा दिने निर्णयले आफ्ना केही चाटुकारहरुलाई वाहवाही गर्ने मौका हुने बाहेक के हुन्छ ? जबकी सामान्य चेत भएका सबैजसोले यस बिदाको आलोचना गरेका छन् । देशका बुद्धिजिवी, नागरिक समाजदेखि सञ्चार जगतसम्ममा यस बिदाको औचित्यमाथि प्रश्न गरिरहेका छन् । यसबाट दशकौंदेखि ओछ्यान परेको घाइते अपाङ्गहरुले के पाउँछन् ? चाहे माओवादीका कारण घाइते अपाङ्ग बनेका हुन् वा राज्यका कारण, ती सबै आज नारकीय जीवन बिताउन विवश छन् ।

प्रचण्ड, केही नेता र तिनका बिचौलियाहरु नवधनाढ्य र नवसामन्तमा परिणत हुनुबाहेक के गर्यो तिम्रा व्यक्ति हिंसाको राजनीतिले ? आमजनताको जीवन कुन कोणबाट समृद्ध बनेको छ ? कुन कोणबाट अपराधी, भ्रष्ट र मुलुक डस्नेहरु दण्डित भएका छन् ? हिजो दरबारको प्रदक्षिणा गर्नेहरु नै नवदरबारिया बनेकाहरुको चाकडीमा घुमेका छन् । बरु, जनताको जीवन दिन प्रतिदिन कष्टकर बन्दै गएको छ ।

आसन्न राष्ट्रपति निर्वाचनमा आफ्नो मान्छे विजयी बनाउन कांग्रेस एमाले दुबैलाई माओवादीको साथ चाहिएको छ । जे गरे पनि दुबैले प्रचण्डलाई बिझाउने बचन लगाउन सक्दैनन् । यही मौकाको खोजीमा रहेका प्रचण्डले बिदाको घोषणा गरेका हुन् । विरोधाभाषमा बाँचेका प्रचण्ड एकातिर सार्वजनिक बिदा बढी भएकाले कटौतिको प्रस्ताव गर्छन् अर्कातिर औचित्यहीन बिदा थोपर्छन् । यो बिदा शान्ति होइन, हिंसा प्रवर्तनका लागि हो । त्यसैले पनि यस्ता कदमको आलोचना जरुरी छ ।

देशमा शासक त यहीँका बुख्याँचाहरुको देखिन्छ तर तिनलाई चलाउनेहरु सबै विदेशी छन् । उत्तर, दक्षिण र पश्चिम नरिझाए तिनको शासन टिक्दैन । लुकेर हुने वैदेशिक हस्तक्षेप खुलेआम डाकी डाकी हुन थालेको छ । विदेशी राजदूत र कूटनीतिज्ञहरुको सीमा कहाँसम्म हो ? पत्तो छैन । प्रधानमन्त्री, मन्त्री, सुरक्षा अंग प्रमुख, मुख्यमन्त्रीदेखि एउटा खरिदारसम्ममा तिनको हस्तक्षेप छ ।

भ्रष्टाचार मन्त्री बन्ने हरेकको एक मात्र लक्ष्य बनेको छ । कुन मन्त्रालयमा सबैभन्दा बढी बजेट छ, त्यो हत्याउने होडबाजी छ । केन्द्रीय शासनदेखि स्थानीय तहसम्म राज्यको ढुकुटीमा ब्रह्मलूट मच्चाउनेहरुको बिगबिगी छ । दण्डहीनता यतिसम्म चुलिँदो छ कि, देशको गृहमन्त्री नै नक्कली नागरिकता र राहदानी प्रकरणमा मुछिएका हुन्छन् । कसैले प्रश्न गरे जवाफ आउँछ, हजारौं व्यक्ति हत्याको नायक देशको प्रधानमन्त्री बन्छन् भने अरु आरोपी किन मन्त्री बन्न सक्दैनन् ?

देशको चाला यस्तो विद्रूप भइरहँदा ‘जनयुद्ध’ लाई महोत्सवका रुपमा घोषणा गर्ने आँट भने कांग्रेस एमाले जस्ता आफूलाई कथित लोकतन्त्रवादी भन्ने दलका चरम सत्तालिप्सावादी नेताहरुको कारण भएको हो । त्रिशंकू संसदका रुपमा उदाएको नयाँ प्रतिनिधि सभामा माओवादीसहितका साना दललाई साथ नलिई सरकार बनाउन सक्ने अवस्था नभएपछि सत्ताका लागि मरिहत्ते गर्ने कांग्रेस–एमालेका नेताहरुको कमजोरीमा टेकेर प्रचण्डले यस पटक बन्दूक पड्काएका हुन् ।

आसन्न राष्ट्रपति निर्वाचनमा आफ्नो मान्छे विजयी बनाउन कांग्रेस एमाले दुबैलाई माओवादीको साथ चाहिएको छ । जे गरे पनि दुबैले प्रचण्डलाई बिझाउने बचन लगाउन सक्दैनन् । यही मौकाको खोजीमा रहेका प्रचण्डले बिदाको घोषणा गरेका हुन् । विरोधाभाषमा बाँचेका प्रचण्ड एकातिर सार्वजनिक बिदा बढी भएकाले कटौतिको प्रस्ताव गर्छन् अर्कातिर औचित्यहीन बिदा थोपर्छन् । यो बिदा शान्ति होइन, हिंसा प्रवर्तनका लागि हो । त्यसैले पनि यस्ता कदमको आलोचना जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?