नयाँ बसपार्कमा प्रदर्शनकारीले जलाए २ वटा भ्यान, प्रहरीद्वारा हवाइ फायर (तस्बिरसहित)

लोकपथ
399
Shares

काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा यातायात व्यवसायी र मजदुरहरुको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले हवाइ फायर गरेको छ ।सोमबार अपरान्ह यातायात व्यवसायी र मजदुरहरुले प्रहरीको गाडी नै तोडफोड गरी जलाएपछि प्रहरीले हवाइ फायर गरेको हो ।

विभिन्न मागसहित आज दिनभर सो क्षेत्रमा यातायात व्यवसायी तथा मजदुरहरुले आन्दोलन चर्काएका थिए । ट्राफिकले चेकजाँचमा बढी शुल्क लिएको साथै पार्किङ शुल्क बढी लिइएको र यातायात मजदुरहरुको सुरक्षा नभएको भन्दै आन्दोलन गरेका थिए । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भोलि उपत्यकाभर यातायात चल्न नदिने व्यवासायी तथा मजदुरहरुले चेतावनी दिएका छन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारीको ढुंगा लागेर केही प्रहरी समेत घाइते भएका छन् । अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?