काठमाडौं । विभिन्न मागसहित आन्दोलनरत यातायात व्यवसायी तथा मजदुरहरुले प्रहरीको भ्यानमा क्षती पुर्याएका छन् ।
सोमबार अपरान्ह आन्दोलनरत उनीहरुले काठमाडौंको माछापोखरीमा प्रहरीको दुई वटा भ्यान फुटाएका छन् ।
ट्राफिकले जेकजाँचमा चर्को महशुल लिएको साथै यातायात मजदुरहरुको सुरक्षा नभएको भन्दै आन्दोलन गरेका थिए । आज नयाँ बसपार्क गोँगबु एरियामा ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको छ ।
आन्दोलनरत यातायात व्यवसायी तथा मजदुरहरुले भोलि उपत्यकामा यातायात बन्द गर्ने समेत चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया