काठमाडौं । सरकारले आफ्ना मागहरु पूरा नगरेको भन्दै व्यवसायीहरुले भोलिबाट उपत्यकामा यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।
आज काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बृहत प्रदर्शन गरी त्यस्तो चेतावनी दिएका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर यातायात संगठन र नेपाल यातायात मजदुर संघले विरोध जनाएको थियो । आफूहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १० बुँदे माग राखे पनि आफ्ना मागहरु पूरा नभएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।
विभिन्न यातायात मजदुर संगठनले आन्दोलनको विषयमा यातायात व्यवसायी महासंघसँग छलफल गर्ने तयारी गरेका छन् ।
भोलि बिहानबाटै उपत्यकामा यातायात बन्द गर्ने उनीहरुको घोषणा रहेको छ । मजदुरमाथि आक्रमण गरेको भन्दै आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
आजै उनीहरुले नयाँ बसपार्क क्षेत्रमा ४ घण्टा चक्काजाम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया