काठमाडौं । भारत भ्रमणमा रहेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्। पाँच दिने भ्रमणका लागि आइतबार भारत गएका उनले सोमबार भारतका रक्षामन्त्री सिंहसँग बैङ्लोरमा साइडलाइन वार्ता गरेका हुन्।
उनीहरुबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको बताइएको छ। भेटघाटका क्रममा उनीहरुबीच सैनिक सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ। नेपाल र भारतीय सैनिकबीच हरेक वर्ष संयुक्त अभ्यास भइरहेको छ।
उप्रेती आगामी फागुन १ देखि ५ गतेसम्म भारतको भ्रमण गर्नेछन्। उनी भारतमा हुने डीफेन्स एक्सपोमा सहभागी हुन भारत गएका हुन्। त्यस्तै उनले भारतका सेना प्रमुखसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया