सुर्खेतको वीरेन्द्रनगरमा तनाब : प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार

लोकपथ
35
Shares

काठमाडौं । बसको ठक्करबाट महिलाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ ।

सोमबार दिउँसो मंगलगढी चोकमा प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा प्रहरी ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

आइतबार जाजरकोटकी नदी रावतको बसको ठक्करबाट मृत्यु भएको थियो । सो क्रममा उनका आफन्त र स्थानीयले बिहानैबाट आन्दोलन गरेका थिए ।
आन्दोलनले उग्र रुप लिएपछि अहिले त्यहाँ १३० भन्दा बढी प्रहरीको टोली परिचालन गरिएको जिप्रका सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?