टिकटकमा ट्रेन्डिङ्ग अर्नाको नयाँ गीत

लोकपथ
126
Shares

काठमाडौं । गित संगितलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको अर्ना बियरले आफ्नो नयाँ गीत ‘पानी हैन मलाई अर्ना दे’ गत शुक्रबार सार्वजनिक गरेको छ ।

नेपाल हिपप् रेकर्ड्सले प्रस्तुत गरेको यो गीत अर्ना सङ्ग कन्टेस्ट २०२२ को विजेता समेत बन्न सफल भएको थियो । १० लाख पुरस्कार राशीका विजेता बन्न सफल यस गीतको म्यूजिक भिडियोमा आकर्षक र मनमोहक दृश्यहरु प्रस्तुत गरिएको छ । गत आइतबारदेखि सार्वजनिक भएको गीतको हुक लाइन हाल टिकटकमा निकै नै चर्चामा रहेको छ ।

गीतमा रहेको मनमोहक बीटहरूमा टिकटकरहरुको उत्साहाजनक सहभागिताले यस गीतलाई टिकटकको ट्रेन्डिङ्गको उचाईमा पुर्याएको छ । साधरण र बोलीचालीको शब्द प्रयोग गरी लेखिएको यो गीत नाच्न रमाउने सबैका लागि उपयुक्त यस गितलाई तपाईंले अर्ना म्यूजिकको यूटूब च्यानल वा अर्ना बियरको सबै समाजिक संजालहरुमा सजिलै हेर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?