काठमाडौं । आइतबार देशभर चिकित्सकहरुले अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्दा बिरामीहरु मारमा परेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका सरकारी तथा निजी अस्पतालहरुमा सेवा बन्द भएका हुन् ।
जसको कारण टाढा टाढाबाट आएका बिरामीहरु मर्कामा परेका छन् । भने ओपीडि सेवाका लागि आएका बिरामी र तिनका आफन्तहरुले सेवाको मागसहित प्रदर्शन गरेका छन् ।
बिहानै काठमाडौंको वीर लगायतका अस्पतालहरुमा निरन्तर सेवाको मागसहित प्रर्दशन गरेका हुन् ।
देशभरको सेवा प्रभावित हुने भएसँगै अहिले चिकित्सक संघ र सरकारी वार्ता टोलीबीच छलफल भइरहेको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा प्रहरीले हिँडडुल गरेको भन्दै ट्रमा सेन्टरमा कार्यरत डाक्टरमाथि कुटपिट गरेसँगै चिकित्सकहरुले आन्दोलन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया