काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरी हवलदार निलम्बित भएका छन् । नेपाल प्रहरीका प्रवक्ता पोशराज पोखरेलले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले निलम्बन गरेको जानकारी दिए ।
उनले घटनाको अनुसन्धान भइरहेको पनि बताए । गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि अस्पताल परिसरमै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो ।
सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा परिचय पत्र देखाउँदा पनि लाठी चार्ज भएको बताएका छन् । घटनापछि चिकित्सकहरुले विरोध जनाउँदै लाठी प्रहार गर्ने प्रहरीमाथि कारबाही नभएसम्म आकस्मिक सबै सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया